PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुगे सुमेरु अस्पताल



पहिलोपोस्ट

वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुगे सुमेरु अस्पताल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।

दाहालले ललितपुरको सुमेरु अस्पतालमा पुगेर नेता पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको हुन्। प्रचण्डले नेता पुनको स्वास्थ्य उपचारमा खटिएका चिकित्सकसँग उनको अवस्थाबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन उपमहासचिव पुन रोल्पा पुगेका थियो। रोल्पा पगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिनासाथ हेलिकप्टरबाट अस्पताल ल्याइएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि उनले केही समयपहिले चीनको एक अस्पतालमा उपचार गराएका थिए। उनी जन्डिस रोगबाट पीडित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell