PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

'दहाड' मा 'लेडी दबङ' बन्दै सोनाक्षी सिन्हा



पहिलोपोस्ट

'दहाड' मा 'लेडी दबङ' बन्दै सोनाक्षी सिन्हा

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अमेजन प्राइमको वेब सिरिज ‘दहाड’ मा प्रहरीको भूमिकामा देखिने भएकी छिन्। सो वेब सिरिज रिलिज अघि नै बर्लिन इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रिमियर हुनेछ। यसरी फेस्टिभलमा प्रिमियर हुने यो पहिलो भारतीय वेब सिरिज हो।

एक्सेल मिडिया एन्ड इन्टरटेनमेन्ट र टाइगर बेबी द्वारा निर्माण गरिएको वेब सिरिजमा रीमा कागती र रुचिका ओबेरोयको निर्देशन छ। बर्लिनमा प्रिमियर हुने ‘दहाड’ ले वेब सिरिजको प्रतियोगितामा प्रतिस्पर्धा समेत गर्नेछ।

यो वेब सिरिज राजस्थानको एउटा सानो शहरमा 'सेटिङ' गरिएको हो। यो ८ भागको स्लो बर्न क्राइम ड्रामा हो। यस सिरिजले स्थानीय प्रहरी चौकीमा सब इन्स्पेक्टर अञ्जली भाटी र उनका सहकर्मीहरूलाई पछ्याउँछ। यसमा सोनाक्षीका साथै विजय वर्माको पनि अभिनय छ।

दहाड भन्दा अघि रीमाले खोज, जिन्दगी ना मिलेगी दोबारा, गली ब्वाय जस्ता हिट फिल्मका कथा दिइसकेकी छिन्। ‘मेड इन हेभन’ जस्ता उत्कृष्ट वेब सिरिज दिइसकेकी उनको यो वेब सिरिज सन् २०२३ मा रिलिज हुने तयारीमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell