PahiloPost

May 14, 2025 | १ जेठ २०८२

लुम्बिनीका मुख्यमन्त्री गिरीले माघ ५ गते विश्वासको मत लिने



पहिलोपोस्ट

लुम्बिनीका मुख्यमन्त्री गिरीले माघ ५ गते विश्वासको मत लिने

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले माघ ५ गते विश्वासको मत लिने भएका छन्। गिरी पुस २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

गिरीले प्रदेशसभाबाट विश्वासको मत लिनेबारे मंगलबार प्रदेश सभा सचिवालयलाई जानकारी पत्र बुझाएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।

८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टीका ३ र स्वतन्त्र २ गरि ५८ जना सांसदले समर्थन गरेका छन्।

लुम्बिनीमा नेपाली कांग्रेसका २७, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक-एक सांसद रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell