PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

एपीएफ सुदूरपश्चिम प्रदेशसँग पराजित



पहिलोपोस्ट

एपीएफ सुदूरपश्चिम प्रदेशसँग पराजित
Photo: CAN

काठमाडौँ: प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय प्रतियोगिता अन्तर्गत आज सम्पन्न समूह 'ए' को खेलमा विभागीय टोली एपीएफ सुदूरपश्चिम प्रदेशसँग पराजित भएको छ। इटहरीस्थित जनता क्रिकेट पार्क मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले ४ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रनको स्कोर खडा गरेको थियो। एपीएफका लागि ममता चौधरीले सर्वाधिक अविजित २६ रन बनाउँदा रोमा थापाले १५, ज्योति पाण्डेले १४ तथा इन्दु वर्माले ११ रन जोडे। बलिङतर्फ प्रदेश १ की कविता जोशीले सर्वाधिक ३ विकेट लिँदा रितु कनोजियाले २ विकेट लिइन्। त्यस्तै कविता कुँवर र मनिषा चौधरीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। सुदूरपश्चिमका लागि डोली भट्टले सर्वाधिक ३३ रन बनाउँदा रितु कनौजियाले १० रन बनाइन्। बलिङतर्फ एपीएफकी नेरी थापाले सर्वाधिक ३ विकेट लिँदा सुमन बिष्ट, इन्दु वर्मा र सीता राना मगरले समान १ विकेट लिए।

योसँगै समूह 'ए'बाट सुदूरपश्चिम प्रदेश विजेता र एपीएफ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन्। समूह 'बी' बाट प्रदेश १ ले सेमिफाइनलमा स्थान बनाइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell