PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

मधेश प्रदेशसभाको सभामुखमा एमालेका रामचन्द्र मण्डल निर्वाचित



पहिलोपोस्ट

मधेश प्रदेशसभाको सभामुखमा एमालेका रामचन्द्र मण्डल निर्वाचित

जनकपुर : मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन्। मंगलबार प्रदेशसभामा भएको मतदानमा १०५ जना सांसद कायम रहेकोम १०३ जना सांसदले मतदान गरेका थिए।

सभामुखको लागि नेपाली कांग्रेसबाट जंगीलाल राय उम्मेदवार बनेका थिए। मण्डलको पक्षमा ७४ मत पर्दा उनको विपक्षमा २९  मत परेको हो। मण्डललाई नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका सांसदबाहेक बाँकी प्रदेशसभा सदस्यहरुले मतदान गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell