PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

कृषि मन्त्री साहको दुई निर्णय : ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा, कृषि बीमाको भुक्तानी अनलाइनबाटै



पहिलोपोस्ट

कृषि मन्त्री साहको दुई निर्णय : ‘कृषि उत्पादन प्रवर्द्धन  तथा लगानी दशक’ घोषणा, कृषि बीमाको भुक्तानी अनलाइनबाटै

काठमाडौं : सरकारले कृषि उत्पादन बढाउन ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा गर्ने भएको छ। नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले आज मन्त्रालयमा पदवहाली गरेपछि उक्त दशक घोषणा गर्नेसम्बन्धी निर्णय गरेकी हुन्।

कृषिमा लगानी अभिवृद्धि गरि उत्पादन बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ। कृषि लगानी दशक आर्थिक वर्ष २०८०-८१ देखि २०८९-९० सम्म सञ्चालन हुनेछ।

यस्तै मन्त्री साहले कृषि बीमाको अनलाइनबाट भुक्तानी गर्ने सम्बन्धी निर्णयमा पनि हस्ताक्षर गरेकी छिन्।

कृषि बीमाको भुक्तानी कागजीरुपमा हुँदा किसानले लामो समयसम्म क्षर्तिपूर्ति पाउन सकेका छैनन्। अनलाइन प्रक्रिया सुरु भएपछि क्षतिपूर्ति भुक्तानी सहज हुने विश्वास व्यक्त गरिएको छ।

उनले आफूले आम किसानको पक्षमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell