PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अभियोग दाबी नपुगेको भन्दै तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ



पहिलोपोस्ट

अभियोग दाबी नपुगेको भन्दै तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

काठमाडौं : बालिका बलात्कारको आरोपको मुद्दा खेपिरहेका कलाकार पल शाहले जिल्ला अदालत तनहुँबाट सफाइ पाएका छन्। 

न्यायधीश कमलप्रसाद आचार्यको एकल इजलासले अभियोग दाबी नपुग्ने भन्दै अन्तिम फैसला सुनाएको जिल्ला अदालत तनहुँले जनायो। 

कलाकार शाहलाई नवलपुर जिल्ला अदालतले पनि जबरजस्ती करणीमा सफाइ दिँदै बाल यौन दुरुपयोगमा साढे दुई वर्ष कैद सजाए सुनाएको थियो। नवलुपर जिल्ला अदालतले शाहलाई २५ हजार जरिबानाको सजाय सुनाएको थियो।

पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने अदालतको फैसलामा उल्लेख छ। शाहको पक्षमा ७ जना वकिल र सरकारी वकिलका तर्फबाट ३ जना वकिलले बहस गरेका थिए। उनीविरुद्ध तनहुँ र नवलपरासी दुवै इजलासमा मुद्दा परेको थियो। गत चैत १० गते तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले शाहलाई थुनामा पठाउन आदेश गरेको थियो।

२०७८ बैशाख १४ गते तनहुँको दुलेगैँडास्थित एक घरमा बास बसेको समयमा १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई प्रेम जालमा पारेर करणी गरेको आरोप लागेको थियो। शाहले १५ वर्ष ९ महिना ११ दिनकी किशोरीलाई प्रेम जालमा पारेर जबर्जस्ती करणी गरेको आरोप लागेको थियो। नवलपरासी जिल्ला अदालतले पनि पूर्पक्षको लागि थुनामा नै पठाउन आदेश दिएको थियो। त्यसपछि उनी उच्च अदालत कास्की पुगेका थिए। उच्च अदालतले पनि जिल्ला अदालतको निर्णय सदर गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell