PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

रवि लामिछानेको पार्टी राप्रपामा विलय हुन्छ : सांसद तामाङ



पहिलोपोस्ट

रवि लामिछानेको पार्टी राप्रपामा विलय हुन्छ : सांसद तामाङ

काठमाडौं : नेकपा माओवादीका सांसद हितबहादुर तामाङले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी अस्वभाविक ढंगले मुलधारको राजनीतिमा आएको बताएका छन्। मंगलवार काठमाडौंको बौद्धमा सैलुङअनलाइनले आफ्नो सातौं वार्षिकोत्सवमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तामाङले उक्त विचार राखेका हुन्।

राजनीतिमा लामो लामो समयदेखिको लगानी चाहिने उल्लेख गर्दै स्थापना भएको ६ महिना नपुग्दै रास्वपाले अप्रत्यासित जित निकालेको बताए। यतिमात्र नभएर रास्वपाले उपप्रधान तथा गृह तीन मन्त्रालय पाउनु अप्रत्यासित भएको उनको भनाई थियो। 'लेकमा मकै पाक्न त ६ महिनामा पाक्दैन। यो घण्टी पार्टीले पार्टी स्थापना भएको ६ महिना नपुग्दै यस्तो जित निकाल्यो,' सांसद तामाङले भने। 

उनले रवीन्द्र मिश्रले स्थापना गरेको विवेकशील साझा पार्टी राप्ट्रिय प्रजातन्त्र पार्टीमा मिसिए झैं रास्वपा पनि त्यही मिसिन पुग्ने दाबी गरे।

'हेर्दाखेर यथास्थितिवादी विरोधीजस्तो देखिन्थ्यो। तर शहरीय मध्यमवर्गीय परिवार र युवा सेन्टीमेन्ट क्याच गरेर उनले त्यतिचै सफलता हासिल गरे। वास्तवमा त्यो प्रोग्रेसिभ होइन। किनभने उसले प्रदेशमा उम्मेदवार नै दिएन। हिजो रवीन्द्र मिश्र त्यसैगरी त्यही पृष्ठभूमिबाट आएका थिए। अन्तिममा राप्रपामा विलय भयो,' सांसद तामाङले भने, 'मलाई जहाँसम्म लाग्छ यो रवि लामिछानेको समूह पनि मुद्दाको हिसाबले चञ्चले स्वभावले अर्को चुनावमा राप्रपासँग राजावादीसँग गठजोड गरेर अघि बढ्ने स्थिति देखिन्छ।'

उक्त अवसरमा सैलुङअनलाइनले विभिन्न व्यक्तिहरुलाई सम्मानसमेत गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell