PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

सत्ता साझेदार दलकै सहमतिअनुसार अघि बढ्ने प्रचण्डको तयारी, के-के भयो सर्वदलीय बैठकमा?



पहिलोपोस्ट

सत्ता साझेदार दलकै सहमतिअनुसार अघि बढ्ने प्रचण्डको तयारी, के-के भयो सर्वदलीय बैठकमा?

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलको सहमतिअनुसार नै अगाडि बढ्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा दाहालले संवैधानिक पदमा सहमति जुटाउन बैठक आह्वान गरेको बताएको उनको सचिवालयले जनाएको छ। 'सत्ता साझेदार दलबिचको सहमति नै लागू हुने स्पष्ट गर्दै संवैधानिक पदहरूको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न सकिन्छ वा सकिँदैन भन्नेबारे चासो राख्दै दलहरूको धारणा र सुझाव माग्नुभएको थियो,' सचिवालयले भनेको छ।

बदलिएको परिस्थितिमा के-कसरी अगाडि बढ्न सकिएला भन्ने विषयमा नेताहरू प्रचण्डले सुझाव मागेका थिए। सरकारलाई संसदमा नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले मात्रै समर्थन गरेका थिएनन्। त्यसबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र ३ जना स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गरेका थिए।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का सहभागी थिए। नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट खानेपानी मन्त्रीमा नियुक्त भएका अब्दुल खान लगायतका नेताहरु बैठकमा सहभागी थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell