
कैलाली : सुदूरपश्चिम प्रदेशको उपसभामुखमा नेपाल एमालेकी कोइली देवी चौधरी निर्वाचित भएकी छन्। उपसभामुख चयनका लागि मंगलवार साँझ बसेको प्रदेश सभा बैठकबाट चौधरी निर्वाचित भएकी हुन्।
चौधरीको पक्षमा २८ र एकीकृत समाजवादीकी माया पन्तको पक्षमा २३ मत खसेको थियो। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि २७ सदस्य आवश्यक पर्छ। चौधरी एमालेसहित, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा उपसभामुख निर्वाचित भएकी हुन्। यसअघि आजै सम्पन्न प्रदेश सभा बैठकबाट माओवादीका भीम भण्डारी सभामुख निर्वाचित भएका थिए।