PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

अमेरिकी विदेशमन्त्री ब्लिंकन फेब्रुअरी पहिलो साता बेइजिङ आउने



पहिलोपोस्ट

अमेरिकी विदेशमन्त्री ब्लिंकन फेब्रुअरी पहिलो साता बेइजिङ आउने

सांघाई: अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन अर्को महिना बेइजिङको भ्रमणमा आउने भएका छन्। गत वर्ष बालीमा भएको जी २० समिटका क्रममा दुई देशका राष्ट्रपतिबीच भएको सहमति अनुसार ब्लिंकन बेइजिङ आउन लागेका हुन्। 

भ्रमणको तयारीमा दुबै देशका अधिकारीहरु लागेका छन्। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले ब्लिंकन फेब्रुअरीको सुरुवातमै बेइजिङ भ्रमणमा आउने जानकारी गराएका हुन्। उनले फेब्रुअरीको ५-६ मा बेइजिङ भ्रमण गर्ने रिपोर्टहरु सार्वजनिक भएका छन्। यद्यपि प्रवक्ता वाङले मिति भने खुलाएन्। 

'चीन र अमेरिका दुवै ले विशेष व्यवस्थाका बारेमा कुराकानी गरिरहेका छन्,' 'नियमित प्रेस ब्रिफिङमा वाङले भने। 

चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेका पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जित-जितको साझेदारीका तीन सिद्धान्तको मार्गदर्शनमा चीन-अमेरिका सम्बन्धलाई चीनले सधैँ हेर्ने र विकास गर्ने उनले बताए। 

'आशा छ कि अमेरिकाले चीनप्रति सही धारणा अपनाउने छ र मुठभेड वा शून्य-योग खेलहरूमा संलग्न हुनुको सट्टा वार्ता र जीत-जीतको परिणाममा अडिग रहन सक्छ,' वाङले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell