PahiloPost

May 14, 2025 | १ जेठ २०८२

कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा जारी, सभामुख पदमा उम्मेदवारी दिने/नदिनेबारे छलफल



पहिलोपोस्ट

कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा जारी, सभामुख पदमा उम्मेदवारी दिने/नदिनेबारे छलफल

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक अहिले जारी छ।

सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित अस्थायी निवासमा कांग्रेस पदाधिकारी बैठक भइरहेको हो। बैठकमा प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिने वा नदिनेबारे कुराकानी भइरहेको बताइएको छ।

प्रतिनिधिसभाका सभामुख पदको निर्वाचनका लागि बुधवार मनोनयन हुँदैछ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्सेहलमा मनोनयन दर्ताको व्यवस्था गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे हुने तय भएको छ। सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था छ। सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्ने प्रावधान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell