
काठमाडौं : आज सुनको मूल्य घटेको छ। बुधवार सुनको भाउ अघिल्लो दिनको भन्दा तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधवार सुनको कारोबार मूल्य प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। मंगलवार तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। बुधवार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। मंगलवार १० रुपैयाँले घट्दै प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बुधवार सुन प्रतिऔँस १८९८.१ डलरमा कारोबार भइरहेको छ। यस्तै, चाँदी प्रतिऔँस २३.९५ डलर छ। मंगलवार सुन प्रतिऔँस १९०९.८६ डलर र चाँदी २३.१३ डलर थियो।