PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

चलचित्र कल्याणकारी कोषमा उदित-दीपाको ५ लाख, दिपक दीपाश्रीको एक-एक लाख



पहिलोपोस्ट

चलचित्र कल्याणकारी कोषमा उदित-दीपाको ५ लाख, दिपक दीपाश्रीको एक-एक लाख

काठमाडौं : गायक-गायिका दम्पत्ती उदितनारायण झा र दीपा झाले नेपाली चलचित्रकर्मी कल्याण कोषमा ५ लाख १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा दीपा झाले उक्त रकम कोष संयोजक बसुन्धरा भुसाललाई प्रदान गरिन्।

झासँगै कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा र स्वस्तिमा खड्काले पनि कोषलाई आर्थिक सहयोग गरेका छन्। दीपकले १ लाख एक सय ११, दीपाश्री निरौलाले १ लाख एक सय ११, निर्मलले ५१ हजार एक सय ११ र स्वस्तिमाले ५१ हजार एक सय ११ रकम कोषलाई सहयोग गरे।

गायिका झाले आफ्नो जीवनकालको महत्वपूर्ण समय दिएको क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताइन्। आफुले नेपाली चलचित्रका गीतहरुबाट नै उचाई प्राप्त गरेको स्मरण गर्दै उनले धन्यवादसमेत दिइन्।

नेपाली चलचित्र क्षेत्रमा निरन्तर रुपमा कार्यरत चलचित्रकर्मी गम्भिर बिरामी भएको अवस्था, दुर्घटनामा परी उपचाररत अवस्था, आर्थिक रुपले विपन्न एवं असहाय भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले २२ वर्षअघि कोष स्थापना भएको थियो। कोषमा हालसम्म पाँच करोड रकम जम्मा भएको कोषकी संयोजक भुषालले जानकारी दिइन्। साथै यस कोषमा १० करोड पुर्‍याउने लक्ष्य रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell