PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

मधेस प्रदेश : नवनिर्वाचित सभामुख र उपसभामुखले लिए शपथ



पहिलोपोस्ट

मधेस प्रदेश : नवनिर्वाचित सभामुख र उपसभामुखले लिए शपथ

जनकपुरधाम : मधेस प्रदेश सभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत ईशरले पद तथा गोपनियताको शपथ लिएका छन्। सभामुख मण्डललाई  प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबार बिहान पद तथा गोपनीयताको शपथ गराएका हुन्। यस्तै उपसभामुख राउत ईशरलाई सभामुख मण्डलले प्रदेश प्रमुख समक्ष शपथ ग्रहण गराएका छन्।   शपथ कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव,  विनाविभागीय मन्त्री सरोजकुमार यादव लगायतको उपस्थिति रहेको थियो।

मण्डल र ईशर मंगलवार नै मधेस प्रदेशको सभामुख र उपसभामुखमा निर्वाचित भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell