PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

कालिका नगरपालिकाले जफत गर्‍यो तीन सय टिपर अवैध नदीजन्य पदार्थ



रासस

कालिका नगरपालिकाले जफत गर्‍यो तीन सय टिपर अवैध नदीजन्य पदार्थ

चितवन : कालिका नगरपालिकाले अवैध रुपमा भण्डारण गरेर राखिएका नदीजन्य पदार्थ जफत सुरु गरेको छ। नगरपालिकाले आजसम्म तीन सय टिपर नदीजन्य पदार्थ जफत गरेको हो।

नगरप्रमुख विनोद रेग्मीका अनुसार गत पुस ३० गतेबाट नगरभित्रका विभिन्न ठाउँमा अवैध रुपमा भण्डारण गरिएका ढुङ्गा, गिटी, बालुवा उठाएर वडा नम्बर ७ को कार्यालय परिसरमा जम्मा गरिएको छ। दैनिक रुपमा टिपर र जेसीबी प्रयोग गरेर यस्ता वस्तु अभियानकै रुपमा उठाउन थालिएको हो।

उनका अनुसार तटबन्धन गरिएका खोलामा असर पुग्ने गरी नदीजन्य पदार्थ उत्खनन गरेर राखिएको पाइएपछि कडाइका साथ सङ्कलन थालिएको हो।

उनले भने, ‘नगरवासी खुसी छन्, हामी यो कामलाई निरन्तरता दिन्छौँ।’

अझै दुई सय टिपरभन्दा बढी यस्ता वस्तु रहेको अनुमान छ। सबै सामग्री सङ्कलन गरिसकेपछि बोलपत्र आह्वान गरिने छ। त्यहाँबाट प्राप्त राजस्व जुन वडाबाट उठाइएको हो सोही वडालाई प्राथमिकता दिएर विकास निर्माणमा खर्च गरिने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell