काठमाडौं : फिल्म ‘भगवत् गीता’मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन्। निर्माण टिम र विपिनबिच बुधवार लिखित सम्झौता भएको हो।
फिल्मकी निर्देशक झरना थापाले विपिन फिल्ममा अनुबन्धित भएको जनाएकी हुन्। फिल्ममा विपिनसँगै, सुहाना थापा र धीरज मगरको मुख्य भूमिका रहनेछ।
सुहाना इन्टरटेन्मेन्ट र सुनिल थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायाङ्कन जनकपुर र मनाङ आसपासमा गरिनेछ। फिल्मको छायाङ्कन माघ २० गतेदेखि सुरु हुने हुने बताइएको छ।
सुनिलकुमार थापा निर्माता रहेको फिल्म आगामी नयाँ वर्षको अवसरमा रिलिज हुने कार्यतालिका रहेको छ।