PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

एमालेका देवराज घिमिरेले गरे सभामुखमा उम्मेदवारी दर्ता



पहिलोपोस्ट

एमालेका देवराज घिमिरेले गरे सभामुखमा उम्मेदवारी दर्ता

काठमाडौं : नेकपा एमालेबाट प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरेले उम्मेदवारी दर्ता गरेका छन्।  घिमिरेलाई सभामुखमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले प्रस्ताव गरेका हुन्। समर्थकमा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन छन्।

भोलि हुने सभामुखको निर्वाचनका लागि आज १ देखि ४ वजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली दिउँसो सवा ४ बजे प्रकाशन हुने कार्यतालिका रहेको छ।

घिमिरे झापा-२ बाट निर्वाचित सांसद हुन्। प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गर्नेमा सबैभन्दा ठुलो दल एमाले हो। त्यसैले घिमिरे सभामुखमा निर्वाचित हुने करिब निश्चित भएको एमालेका नेताहरुले बताएका छन्। यद्यपि कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिएकाले सभामुखका लागि छलफल जारी राखेको छ। 

तत्कालीन कोअर्डिनेसन केन्द्र, माले हुँदै एमालेको राजनीतिमा सक्रिय भएका थिए घिमिरे। २०५४ मै राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। घिमिरे भूमिगत राजनीति र त्यसपछि हिरासतमा बसेरै सक्रिय राजनीतिमा थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell