PahiloPost

Jul 3, 2024 | २० असार २०८१

स्कुटरको डिकी चेक गर्दा साढे २२ लाख रुपैयाँ भेटियो, स्रोत खुलाउन नसकेपछि प्रहरी हिरासतमा



पहिलोपोस्ट

स्कुटरको डिकी चेक गर्दा साढे २२ लाख रुपैयाँ भेटियो, स्रोत खुलाउन नसकेपछि प्रहरी हिरासतमा

काठमाडौंः स्रोत नखुलेको रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

वीरगंज महानगरपालिका-८ घण्टाघरबाट स्रोत नखुलेको नगद २२ लाख ५० हजार रुपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१६ नगवा बस्ने ३४ वर्षीय बिकाश साह र सोही महानगरपालिका-१८ ईनर्वा मनियारी टोल बस्ने १७ वर्षीय किशोर रहेका छन्। वडा प्रहरी कार्यालय विर्ता र अस्थाई प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले बीआर ०५ एई ९३४३ नम्बरको स्कटुरलाई जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी स्कुटर चालक बिकाश र स्कुटरमा सवार किशोरलाई पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell