PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

मधेस कांग्रेसको नीति केन्द्रको जस्तै : मुख्यमन्त्रीलाई विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने



पहिलोपोस्ट

मधेस कांग्रेसको नीति केन्द्रको जस्तै : मुख्यमन्त्रीलाई विश्वासको मत दिने, प्रतिपक्षमा बस्ने

जनकपुरधाम : नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले कांग्रेसले प्रदेश सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने बताएका छन्।

बुधबार प्रदेशसभाको बैठकमा सांसद यादवले कांग्रेसले वर्तमान सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन्।

उनले सत्तारुढ गठबन्धनको पर्याप्त बहुमत हुँदाहुँदै कांग्रेसले मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताए।

सांसद यादवले कांग्रेस प्रतिपक्षी बेञ्चमा बसेर पनि आफ्नो भूमिका निर्वाह गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell