PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अर्जेन्टिनी फुटबल टोली बंगलादेश आउँदै, मैत्रीपूर्ण खेलको तयारी



पहिलोपोस्ट

अर्जेन्टिनी फुटबल टोली बंगलादेश आउँदै, मैत्रीपूर्ण खेलको तयारी
Photo: FIFA

लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली बंगालदेश आउने भएको छ। बंगलादेश फुटबल संघ (बीएफएफ) बीएफएफका अध्यक्ष काजी सलाउद्दिनले मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनी टोली बंगलादेश आउने सम्भावना रहेको पत्रकार सम्मेलन गर्दै बताएका हुन्।

दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाले कतार विश्वकप जितिरहँदा बंगलादेशका अर्जेन्टिनी फुटबल समर्थक विश्वभरका सञ्चारमाध्यमको हेडलाइन बनेका थिए।

विश्वकपपछि बीएफएफले विश्व च्याम्पियनलाई आमन्त्रण गर्न पहल सुरु गरेको जनाएको छ।

'अर्जेन्टिनाको प्रस्तावित भ्रमण हुने लगभग निश्चित छ। अहिले हाम्रो शर्तहरुबारे छलफल भइरहेको छ,' सलाउद्दिनले भनेका छन्, 'उनीहरुले हामीलाई जुन महिनाको फिफा विन्डोमा आउने जानकारी दिएका छन्। छलफल भइरहेको शर्तहरुबारे सबै कुरा ठीक भए हामी भन्न सक्छौँ, उनीहरु आउनेछन्।'

मैत्रीपूर्ण खेल हाल पुनर्निर्माण भइरहेको बंगबन्धु नेसनल स्टेडियममा गराउने संघको योजना छ। पुनर्निर्माणको काम जुन अघिनै सकिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell