
काठमाडौं : नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बसेको कांग्रेस संसदीय दलको कार्यसमितिले न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। आज ४ बजेभित्र सभामुखको उम्मेवारी दर्ता गरिसक्नुपर्ने कार्यतालिका रहेको छ।
न्यौपानेले केही बेरमै सभामुखमा उम्मेदवारी दर्ता गर्ने कांग्रेस सांसद सीता गुरुङले जानकारी दिइन्।
सभामुखमा कांग्रेसले आफ्नो उम्मेदवारलाई सघाउने एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलाई अनुरोध गर्ने तयारी गरेको छ। एमालेका देवराज घिमिरेले यसअघि उम्मेदवारी दर्ता गरिसकेका छन्।