PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

अझै भेटिएनन् कार दुर्घटनामा चोभारको खोलामा बेपत्ता चालक, यसरी खोजी गर्दै प्रहरी

अझै भेटिएनन् कार दुर्घटनामा चोभारको खोलामा बेपत्ता चालक, यसरी खोजी गर्दै प्रहरी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : गत सोमबार साँझ कीर्तिपुरमा सवारी दुर्घटना हुँदा बेपत्ता भएका पुरुष अझै भेटिएका छैनन्। माघ २ गते साँझ कीर्तिपुर नगरपालिकास्थित चोभार जलविनायक नजिक भएको कार दुर्घटनामा एक जना बेपत्ता भएका थिए। बा ५ च ५६५४ नम्बरको कारमा रहेका चालक राजकुमार खत्रीको खोजी भइरहेको छ। कार वाग्मती नदीमा खसेको थियो।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता पुरुषको खोजी गरिरहेको छ। बुधबार दिउँसो यो समाचार तयार पार्दासम्म पनि खत्री भेटिएका छैनन्।कारमा रहेकी एक महिला गम्भीर घाइते भएकी थिइन्। उनको अस्पतालमा उपचार भइरहेको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell