PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

लुम्बिनीका सभामुख र उपसभामुखले लिए शपथ



पहिलोपोस्ट

लुम्बिनीका सभामुख र उपसभामुखले लिए शपथ

बुटवल : लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले पद तथा गोपनियताको शपथ लिएका छन्। बुधबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा सभामुख तुलाराम घर्ती र उपसभामुख मेनुका खाणले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्। प्रदेश प्रमुख अमिक शेरचनले सभामुख घर्तीलाई प्रदेश सभा नियमावली, २०७९ बमोजिम पद तथा गोपनियताका शपथ ग्रहण गराएका थिए। भने उपसभामुख खाणलाई सभामुख घर्ती शपथ गराएका हुन्।

मंगलबार बसेको प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठकले सभामुख र उपसभामुखलाई निर्विरोध निर्वाचित गरेको थियो। घर्ती पाल्पा २(ख) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् भने खाण गुल्मीबाट समानुपातिक सांसद बनेकी हुन्। शपथ कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी, विनाविभागीय मन्त्री तथा सरकारका प्रवक्ता चेतनारायण आचार्य लगायतको उपस्थिति रहेको थियो।

सभामुख र उपसभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले सभा सञ्चालन गरेका थिए। अब माघ ५ गते बिहीबार बस्ने प्रदेश शभाको बैठकको सञ्चालन भने सभामुख घर्तीले गर्नेछन्। सोही दिन मुख्यमन्त्री गिरीले विश्वासको मत लिने कार्यतालिका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell