PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

उर्जा र भौतिकको सचिव साटफेर, ७ दिनभित्र हरेक मन्त्रालयले कार्ययोजना बनाउनुपर्ने सरकारको निर्णय



पहिलोपोस्ट

उर्जा र भौतिकको सचिव साटफेर, ७ दिनभित्र हरेक मन्त्रालयले कार्ययोजना बनाउनुपर्ने सरकारको निर्णय

काठमाडौं : सबै मन्त्रालयले ७ दिनभित्र कार्ययोजना बनाएर प्रस्तुत गर्नुपर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ। बुधवार सिंहदरबारमा बसेको मन्त्रिपरिषकदको बैठकले न्यूनतम कार्यक्रमलाई कार्वान्वयनका लागि कार्ययोजना बनाउने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

यस्तै मन्त्रिपरिषदले उर्जा मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधारमा र भौतिक पूर्वाधार मन्त्रालयका गोपाल प्रसाद सिग्देललाई उर्जा मन्त्रालयमा सरुवा गर्ने पनि निर्णय गरेको छ। उर्जा मन्त्रालयको कार्यभार राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्री समेत रहेका राजेन्द्र लिङ्देनले हिजोमात्रै सम्हालेका थिए।

यस्तै सरकारको प्रवक्तामा सञ्चारमन्त्री रेखा शर्मा तोकिएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell