PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

पार्टीका सांसदलाई भोलिको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप



पहिलोपोस्ट

पार्टीका सांसदलाई भोलिको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसको ह्वीप

काठमाडौं : नेपाली कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई मतदान गर्न ह्वीप जारी गरेको छ। न्यौपानेले सभामुखमा उम्मेवारी दिएपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सांसदहरुलाई ह्वीप जारी गरेका हुन्।

सभामुख चयनका लागि भोलि प्रतिनिधि सभामा मतदान हुँदैछ। सभामुखका लागि एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ। आफ्नो दलको उम्मेदवारलाई जिताउन भन्दै कांग्रेसले उक्त ह्वीप जारी गरेको हो।

'बैठकमा प्रतिनिधि सभामा नेपाली कांग्रेसका माननीय सदस्यहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र माननीय ईश्वरी देवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा मतदान गर्न र माननीय देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक माननीय रमेश लेखकज्यूले व्हिप जारी गर्नु भएको छ,' कांग्रेस संसदीय दलका अधिकृत विजयेन्द्रवीर आलेले एक विज्ञप्ति जारी गरेको विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell