PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

जसिन्डा आर्डेर्नले आगामी महिना न्युजिल्यान्डको प्रधानमन्त्रीबाट राजीनामा दिने



पहिलोपोस्ट

जसिन्डा आर्डेर्नले आगामी महिना न्युजिल्यान्डको प्रधानमन्त्रीबाट राजीनामा दिने
Photo: GETTY IMAGES

जसिन्डा आर्डेर्नले आगामी महिना न्युजिल्यान्डको प्रधानमन्त्री पदबाट राजीनामा दिने बिहीवार घोषणा गरेकी छिन्। नेतृत्व गर्नका लागि अब आफूसँग ‘पर्याप्त क्षमता’ नभएको आर्डेर्नले बताएको छिन्

प्रधानमन्त्रीको रुपमा ‘चुनौतीपूर्ण’ छ वर्ष काम गर्दा परेका प्रभावबारे बताउँदा उनी भावुक भएकी थिइन्। उनले फेब्रुअरी ७ अघि नै लेबर पार्टीको प्रमुखबाट राजीनामा दिनेछिन्। उनको प्रतिस्थापनका लागि आगामी दिनमा मतदान हुनेछ।

न्युजिल्याण्डमा १४ अक्टोबरमा आम निर्वाचन हुँदैछ। ४२ वर्षीया आर्डेर्नले ‘समर ब्रेक’को समयमा आफ्नो भविष्यबारे सोच्न समय निकालेको बताइन्।

सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिँदा आर्डेर्न विश्वकै कान्छी महिला सरकार प्रमुख बनेकी थिइन्। उनले कोभिड-१९ महामारी, क्राइस्टचर्च मस्जिद गोलीबारी र ह्वाइट आइल्याण्ड ज्वालामुखी विस्फोटका बिच न्यूजील्याण्डको नेतृत्व गरिन्।

‘शान्तिपूर्ण समयमा आफ्नो देशको नेतृत्व गर्नु एउटा कुरा हो, संकटका बखत नेतृत्व गर्नु अर्को कुरा हो,’ उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell