PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड



पहिलोपोस्ट

बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड
Photo: @ManUtd/Twitter

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ। खेलको अन्तिम समयमा अग्रता जोगाउन नसक्दा युनाइटेड घरेलु टोलीसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

सेलहर्स्ट पार्क स्टेडियममा सम्पन्न खेलको ४३ औं मिनेटमा युनाइटेडले खेलमा अग्रता बनाएका थियो। युनाइटेडलाई क्रिस्टियन एरिक्सनको पासमा ब्रुनो फर्नान्डेजले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि रहेको प्यालेसलाई मिचेल ओलिसले इन्ज्युरी समयमा गोल फर्काउँदै बराबरीमा ल्याए।

बराबरीका बावजुत युनाइटेड १९ खेलबाट ३९ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको पनि समान ३९ अंक छ भने शीर्षस्थानमा रहेको आर्सनलको ४७ अंक छ। क्रिस्टल प्यालेस भने २३ अंक जोडेर तालिकाको १२ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell