
काठमाडौं : प्रतिनिधिसभाको सभामुख पदको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। सभामुखको निर्वाचनका लागि बुधवार मनोनयन भएको थियो। जसमा सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले)का देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्।
घिमिरेको प्रस्तावक एमालेका उपाध्यक्ष सुवास नेम्वाङ तथा समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन छन्।
यता, कांग्रेसकी न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक र एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वाला रहेका छन्।
सत्तामा रहेका दलहरुको प्रतिनिधिसभामा १४५ जना सांसद छन्। एमालेका ७९, माओवादी केन्द्रका ३२, रास्वपाका २०, राप्रपाका १४ गरी १४५ जना सत्तामै रहेका दलको बहुमत पुग्छ।
न्यौपानेको पक्षमा सत्ता बाहिर रहेका दलहरुको मोर्चाबन्दी बने १३० मत आउने देखिन्छ। तर, त्यसका लागि स्वतन्त्र सांसदहरुले समेत कांग्रेस गठबन्धनको पक्षमा मत हाल्नुपर्ने हुन्छ।
सत्ता बाहिर कांग्रेस ८९, जनता समाजवादी पार्टी, नेपाल (जसपा) १२, नेकपा (एकीकृत समाजवादी) १०, जनमत पार्टी ६, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका ४ नागरिक उन्मुक्ति पार्टी ३ नेपाल मजदुर किसान पार्टी १, राष्ट्रिय जनमोर्चा १ र स्वतन्त्र ४ जना गरी १३० सांसद सत्ता बाहिरका दलसँग छन्।
हेर्नुस् लाइभ :