PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव चाँडै परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया मिलाउन प्रधानमन्त्रीको निर्देशन



पहिलोपोस्ट

विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव चाँडै परिवारलाई हस्तान्तरण गर्ने प्रक्रिया मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : पोखरामा भएको यती एयरलाइन्सको नाइन एन-एएनसी-एटीआर-७२-५०० विमान दुर्घटनामा परेकामध्ये केही यात्रुको शवलाई काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा परीक्षणको लागि राखिएको छ।

सोको बारेमा जानकारी लिन बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शिक्षण अस्पताल पुगेका छन्। प्रधानमन्त्री दाहाल बिहीवार बिहान अस्पताल पुगेर शव परीक्षणको बारेमा जानकारी लिएका हुन्। उनले शव चाँडै परिवारलाई हस्तान्तरण गर्ने गरि प्रक्रिया अघि बढाउन निर्देशन समेत दिएका छन्।

मृतकका परिवारले पोष्टमर्टम ढिला भएको र शव हस्तान्तरण गर्ने प्रक्रिया ढिला भएको भन्दै प्रधानमन्त्रीसँग गुनासो पोखेका थिए।

पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव काठमाडौंमा परीक्षण जारी छ। शव क्षतविक्षत भएका कारण पहिचानका लागि डीएनए परीक्षण गर्नुपर्ने भएकाले आफन्तले शव पाउन अझै केही दिन लाग्ने बताइएको छ।

मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गरेपछि बुधवार बिहानैदेखि शव परीक्षण सुरु गरिएको थियो। ६८ यात्रुसहित चार चालकदलका सदस्य लिएर आइतवार काठमाडौंबाट पोखराका लागि उडेको जहाज सेतीखोँचमा खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell