PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

प्रमुख विपक्षी दलको मान्यता पाउनुपर्ने नेमकिपाको माग



पहिलोपोस्ट

प्रमुख विपक्षी दलको मान्यता पाउनुपर्ने नेमकिपाको माग

काठमाडौं : नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले विद्यमान कानुनअनुरुप प्रतिनिधिसभाको प्रमुख विपक्ष दलको मान्यता प्रदान गर्न माग गरेको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर नेमकिपाका सांसद प्रेम सुवालले सरकारलाई समर्थन गर्ने दल प्रमुख प्रतिपक्ष दल हुन नसक्ने जिकिर गर्दै विपक्षमा उभिएको आफ्नो दलले प्रमुख विपक्षी दलको मान्यता पाउनुपर्ने बताएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई सदनमा प्रतिनिधित्व गर्ने दुई दल (नेमकिपा र राष्ट्रिय जनमोर्चा)ले मात्रै विश्वासको मत दिएको थिएन। नेपाली कांग्रेसले दाहाललाई विश्वासको मत दिए पनि आफू प्रमुख प्रतिपक्षी भएको बताउँदै आएको छ। यद्यपि, कानुनले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिने पार्टी प्रतिपक्षी हुन नपाउने व्यवस्था गरेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell