PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

आमनेसामने हुँदैछन् मेस्सी र रोनाल्डो, रियाद अलस्टार र पीएपसजी आज भिड्दै



पहिलोपोस्ट

आमनेसामने हुँदैछन् मेस्सी र रोनाल्डो, रियाद अलस्टार र पीएपसजी आज भिड्दै
Photo: PSG

युभेन्टस र बार्सिलोनामा छँदा पछिल्लो पटक आमनेसामने भएका पोर्चुगिच स्ट्राइकर क्रिस्टयानो रोनाल्डो र अर्जेन्टिनी कप्तान लियोनल मेस्सी आज आमनेसामने हुँदैन्। साउदी अरेबियामा आज बेलुकी हुने खेलमा रोनाल्डोले रियाद अलस्टार्स र मेस्सीले पीएसजीबाट खेल्नेछन्।

पछिल्लो पटक यी दुई खेलमा सन् २०२० मा यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना र युभेन्टन्टस बीचको खेलमा आमनेसामने भएका छन्। साउदी अरेबियास्थित फाहद इन्टरनेशनल स्टेडियममा यो खेल पौने ११ बजे हुनेछ।

रोनाल्डो इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा असमझदारीका बीच बिच सिजनमा क्लब छाडेर साउदी क्लब अल नासर पुगेका थिए। तर, नयाँ क्लबबाट उनले अझै डेब्यु गर्न बाँकी छ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण आफ्नो सामाजिक सञ्जालको प्लेटफर्ममा हुने पेरिससेन्ट जर्मेनले जनाएको छ। रोनाल्डोले नेतृत्व गर्ने रियाद ११ मा रियादको क्लब अल नासर र डर्बी टोली अल हिलालका खेलाडी रहने छन्।

 

अर्कोतर्फ पीएसजीमा मेस्सी लगायत फ्रेन्च स्टार किलियन एम्बाप्पे र ब्राजिली स्टार नेइमार जुनियरले पनि खेल्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell