PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

संसदमा सीके राउतको प्रश्न : थोत्रा विमान सञ्चालकलाई पक्रेर कारवाही गर्न केले रोकेको हो?



पहिलोपोस्ट

संसदमा सीके राउतको प्रश्न : थोत्रा विमान सञ्चालकलाई पक्रेर कारवाही गर्न केले रोकेको हो?

काठमाडौं : नेपाल जनमत पार्टीका अध्यक्ष सीके राउतले पोखरामा भएको यती एअरको विमान दुर्घटनाबारे सदनमा प्रश्न उठाएका छन्। मोटरसाइकल दुर्घटनामा मोटरसाइकल धनीलाई कारबाही हुने उल्लेख गर्दै राउतले थोत्रा विमान सञ्चालकलाई पनि कारवाही हुनुपर्ने बताएका हुन्।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई माथि प्रश्न गर्दै यसमा ध्यान दिनसमेत आग्रह गरे। 'आज पनि मोटरसाइकलले ठोक्किएर मृत्यु भयो भने प्रहरीले के गर्छ? पहिले धनीलाई खोजेर कारबाही गर्छ,' राउतले भने, 'थोत्रा प्लेनलाई ल्याएर चलाउने सञ्चालक र टोलीलाई प्रहरीले पक्रेर कारवाही गर्न के विधिले रोकेको छ?'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell