PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

माइकल ज्याकसनमाथि 'बायोपिक' बन्ने



पहिलोपोस्ट

माइकल ज्याकसनमाथि 'बायोपिक' बन्ने
Getty

माइकल ज्याकसनको जीवनमा आधारित फिल्म ‘माइकल’ बन्ने भएको छ। हलिउड स्टुडियो लायन्सगेटले माइकलमाथि बायोपिक बनाउन लागेको डेडलाइनमा उल्लेख छ।

एन्टोइन फुक्वाले निर्देशन गर्ने फिल्मको कथा ‘स्काइफल’ लेखक जोन लोगानले लेखेका हुन। ओस्कार अवार्ड विजयी फिल्म ‘बोहिम्यान र्‍यापसोडी’ का निर्माता ग्राहम किङले यस फिल्म निर्माणमा जोन ब्रान्का र जोन म्याकक्लेनसँग सहकार्य गर्नेछन। जो माइकल ज्याक्सनको सम्पत्तिका हकदार समेत हुन्।

यो फिल्म लामो समयदेखि किंग र लोगानको लागि ड्रिम प्रोजेक्ट हो। फिल्मबाट दर्शकलाई थाहा नपाएका ग्रामी विजेता पप किंङको जीवनका सबै पक्षहरूलाई समेटिनेछ।

सन् २००९ मा माइकलको ५० वर्षको उमेरमा निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell