PahiloPost

Sep 15, 2024 | ३० भदौ २०८१

सात भाइको कथा सुनाउँदै चित्रबहादुर केसीले उठाए रवि लामिछानेमाथि प्रश्न : नयाँ आउनुपर्छ भन्थे, नयाँको स्थिति देखिहालियो



पहिलोपोस्ट

सात भाइको कथा सुनाउँदै चित्रबहादुर केसीले उठाए रवि लामिछानेमाथि प्रश्न : नयाँ आउनुपर्छ भन्थे, नयाँको स्थिति देखिहालियो

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले संसदमा नयाँ दलमाथि प्रश्न उठाएका छन्। हलो बनाउन मिल्ने रुख र सात भाइको कथा सुनाउँदै केसीले नयाँ दलका नयाँ मन्त्रीहरुको ताल यस्तै भएको दाबी गरेका हुन्।

यसपटकको सांसद डरलाग्दो देखिएको बताउँदै आएका केसीले बिहीवारको सदनमा पनि यही भनाई दोहोर्‍याए। 'यसभन्दा पहिले पनि सभामुखको निर्वाचन गरेको अनुभव हुन्छ,' केसीले भने, 'यसपाली पहिलेपहिले भन्दा संसदको तस्विर असध्यै डरलाग्दो देख्छु। किनभने संसदमा सत्ता पक्ष हुन्छ प्रतिपक्ष हुन्छ। संसदीय प्रणालीमा यस्तो कही हुँदैन।'

त्यति भनाई राखेपछि केसीले हाले सात भाइको कथा।

'हलो काढ्न भनेर सात भाई जंगल गएका। के विचार गरेछन् भने भिरमा रुख रहेछ। रुख तल गए सबै काठ काम लाग्दैन,' उनले भने, 'सल्लाह भएछ, दुई भाईले कम्मरमा डोरी बाँधेर उभो तान्ने पाँच भाईले फेद तान्ने। त्यसो भएपछि रुख तल जान्न र हलो साग्लोसाग्लो हुन्छ भनेर।

तर रुख काट्दा तान्न नसकेर तलै गएको र सातै भाइ तलै कुदेको कथाको सारसमेत सुनाए केसीले। 'रुख त गइगो गडम्म झर्‍यो तल। पाँच भाइ गइहाले रुखमा। माथि बसेका दुई भाइ पनि गएछन्,' उनले भने, 'त्यस्तै भयो अहिले।'

प्रधानमन्त्रीको चुनावमा नयाँ दलको नाटक यस्तै देखिएको उनको भनाई थियो। केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेमाथिसमेत प्रश्न उठाए।

'प्रधानमन्त्रीको चुनावमा देखिएको नाटक यही हबिगत देखें। सरकार बन्नुभन्दाअघि ठुलो गफ गरेका दलहरु सरकार बनेपछि ककसको रेकर्ड के आएको छ,' केसीले भने, 'हेर्नुस् त गृहमन्त्रीको रेकर्ड सहरीय मन्त्रीको के छ रेकर्ड?'

अहिलेको संसदको कारण गणतन्त्र धरापमा परेकोसमेत केसीको तर्क थियो। 'अहिले संसदको रेकर्ड अप्ठेरो अवस्थामा छ। सत्ताको लागि इमानजमानको कुरा पनि नहुने। गणतन्त्र धरापमा परेको छ,' केसीले भने, 'यो मौका छोपेर शक्तिकेन्द्रले मौका छोप्न सक्छ। भने साथीहरुको चित्त दुख्न सक्छ। धेरै साथीले प्रजातन्त्रको पाठ सिकाउनुभयो। पहिलेभन्दा सांसदको बनावट सरकार बनेको प्रक्रिया हामी झनझन् अप्ठेरो स्थितिमा गइरहेका छौ।'

पुराना दलका नेतालाई फालेर नयाँ ल्याएकोमा नयाँ पनि बेकम्मा भएर निस्केको केसीको दाबी थियो। 'हामी त बेकम्म भयौ। सबै नलायक भइसके नयाँ नयाँ आउनुपर्छ भन्थे। नयाँको स्थिति देखिहालियो। फेद काट्नेको पनि त्यहीस्थित माथि बस्नेको पनि यही स्थिति,' उनले भने।

कांग्रेस देखेर आफू अचम्ममा परेको दाबी गरे पनि केसीले सभामुखमा मत भने कांग्रेसकै उम्मेदवार ईश्वरी न्यौपानेलाई दिने बताए। 'कांग्रेसले आफूलाई प्रतिपक्षी भनिरहेको छ। सरकारलाई समर्थन नगरी किन बस्न सकेन,' उनले भने, 'साग्लो राम्रो हलो पाइन्छ कि भनेर होला। छातीमा मुड्की हानेर कांग्रेसको ईश्वरी न्यौपानेलाई समर्थन गर्छ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell