PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाए



पहिलोपोस्ट

सिभिल मलमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाए

काठमाडौं : काठमाडौंमा एक युवकले आफ्नो शरीरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन्।

आज बिहान सुन्धरास्थित सिभिल महलको पहिलो तलामा २९ वर्षीय युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाउने प्रयास गरेका हुन्। शरीरमा आगो लागेको देखेपछि सिभिल मलका कर्मचारीले आगो निभाएका थिए।

त्यसपछि लगतै पुगेको प्रहरीले युवकलाई अस्पताल पुर्‍याएको थियो। ट्रमा सेन्टरमा उपचार नभएपछि उनलाई कीर्तिपुर अस्पतालमा लगिएको छ।

उनको आत्महत्याको कारण भने खुलेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell