PahiloPost

Jan 20, 2026 | ७ माघ २०८२

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित



पहिलोपोस्ट

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

काठमाडौं : प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)का देवराज घिमिरे निर्वाचित भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन्।

आज प्रतिनिधिसभा बैठकमा २६८ जना सांसद उपस्थित थिए। घिमिरे १६७ मत ल्याएर विजयी हुँदा न्यौपानेले १०० मत पाइन्। प्रस्तावमा मत दिन्न भन्नेमा एक मत पर्‍यो। घिमिरे संघीय संसद्का ९औं सभामुख हुन्।

को हुन् घिमिरे?

देवराज घिमिरे झापा-२ बाट प्रतिनिधिसभामा एमालेका तर्फबाट निर्वाचित भएका सांसद हुन्।

तत्कालीन कोअर्डिनेसन केन्द्र, माले हुँदै एमालेको राजनीतिमा सक्रिय भएका थिए घिमिरे। उनी २०३१ सालदेखि तत्कालिन कम्युनिस्ट आन्दोलनमा क्रियाशिल थिए। २०३९ सालमा भएको एमालेको पाँचौँ महाधिवेशनबाट उनी केन्द्रीय नेतृत्वमा आएका हुन्।

घिमिरे मध्यम वर्गीय परिवारमा जन्मिएका नेता हुन्। २०५४ मै राष्ट्रिय सभा सदस्य निर्वाचित भएका घिमिरे भूमिगत राजनीति र त्यसपछि हिरासतमा बसेरै सक्रिय राजनीतिमा रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell