PahiloPost

Jan 20, 2026 | ७ माघ २०८२

सभामुख चयनका लागि मतदान हुँदै



पहिलोपोस्ट

सभामुख चयनका लागि मतदान हुँदै

काठमाडौं : प्रतिनिधिसभाको सभामुख पदको लागि मतदान प्रक्रिया सुरु भएको छ। सभामुखको निर्वाचनका लागि बुधवार मनोनयन भएको थियो। जसमा सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले)का देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्।

अहिले सांसदहरु मतदान गरिरहेका छन्।

घिमिरेको प्रस्तावक एमालेका उपाध्यक्ष सुवास नेम्वाङ तथा समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन छन्।

यता, कांग्रेसकी न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक र एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वाला रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell