PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

चोभारमा कार दुर्घटना हुँदा बेपत्ता भएका पुरुषको शव तीन दिनपछि भेटियो



पहिलोपोस्ट

चोभारमा कार दुर्घटना हुँदा बेपत्ता भएका पुरुषको शव तीन दिनपछि भेटियो

काठमाडौं : गत सोमवार साँझ कीर्तिपुरको चोभारमा सवारी दुर्घटना हुँदा बेपत्ता भएका पुरुषको शव भेटिएको छ। घटना भएको स्थानबाट केही पर बागमती खोलामा शव भेटिएको हो। अहिले शवको सनाखत हुने काम भइरहेको छ।

माघ २ गते साँझ कीर्तिपुर नगरपालिकास्थित चोभार जलविनायक नजिक भएको कार दुर्घटनामा एक जना बेपत्ता भएका थिए। बा ५ च ५६५४ नम्बरको कारमा रहेका चालक राजकुमार खत्री बेपत्ता भएका हुन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता पुरुषको खोजी गरिरहेको थियो। कारमा रहेकी एक महिला गम्भीर घाइते भएकी थिइन्। उनको अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell