PahiloPost

May 14, 2025 | १ जेठ २०८२

भोजराज भट्टको ठाडी भाकामा यती विमान दुर्घटनाको कथा



पहिलोपोस्ट

भोजराज भट्टको ठाडी भाकामा यती विमान दुर्घटनाको कथा

पोखरा बस्साकी, काठमाण्डौं है उडाइ लैग्यो

पोखरा बस्साकी

सेतीमा खस्याकी, बिहानैका झुल्क्या घाम

सेतीमा खस्याकी  

देउडा गायक भोजराज भट्टले पोखरामा भएको विमान दुर्घटनाको वेदना समेटेको ठाडी भाका सार्वजनिक गरेका छन्। सार्वजनिक ठाडी भाकामा माघ १ गते पोखरामा भएको दुर्घटनामा ज्यान गुमाउनेको सम्झना समेटिएको छ।

भानुभक्त जोशीले शब्द संकलन गरेको गीतमा भोजराजकै लय र स्वर रहेको छ। भुवन बडुले ठाडी भाकाको देउडामा संगीत संयोजन गरेका हुन्।  

माघ धर्मि महिना भए पनि तर माघे सक्रान्तिको दिन नै दु:ख र आँशु पाउनु परेको कुराहरु ठाडी भाकामा छन्। दुर्घटनामा ज्यान गुमाएका कञ्चनपुरको महेन्द्रनगरका सुस्मा पाण्डेय भट्ट र उनका १५ वर्षीय छोरा स्लकलाई समेत गीतमा स्मरण गरिएको छ।

माघ १ गते पोखराको सेती खोंचमा यती एअरको एटीआर ७२ विमान दुर्घटना भएको थियो। विमानमा ७२ जना यात्रु सवार थिए। उक्त घटनामा परी ज्यान गुमाएकाप्रति यस सुदूरपश्चिमको ठाडी भाकामा श्रद्धाञ्जली दिएको उनको भनाई छ। यसअघि पनि भोजराजले विसं २०५२ मा सुदूरपश्चिमको सेती नदीमा भएको बस दुर्घटना हुँदा वियोगान्त भाव समेट्ने ठाडी भाका निकालेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell