PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

फरार सांसद महतोबारे गृहमन्त्री लामिछाने : तत्काल पक्रन नसकिएको होला, भनेको काम हुन्छ



पहिलोपोस्ट

फरार सांसद महतोबारे गृहमन्त्री लामिछाने : तत्काल पक्रन नसकिएको होला, भनेको काम हुन्छ

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने बताएका छन्। सभामुखको निर्वाचनपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै लामिछानेले यस्तो बताएका हुन्।

गृहमन्त्री लामिछानेलाई एमालेबाट निर्वाचित फरार सांसद लक्ष्मी महतो कोइरीबारे समेत प्रश्न सोधिएको थियो। पुस २७ गते आफूले पक्रन निर्देशन दिइसकेको बताउने गृहमन्त्री लामिछानेले आज भने विधि र पद्धति बाहिर नजाने बताएका थिए। लगत्तै प्रतिनिधि सभाबाट बाहिरिने क्रममा लामिछानेले यसबारे थप प्रतिक्रिया दिएका हुन्।

'कस्तो बनाइएको छ भने राज्यका निकाय निरीह बनाइएको छ। नतिजा आउन समय लागेको हो। निर्देशनमात्र होइन। मेकानिजम नै त्यस्तो छ। गलत गरेको मान्छेलाई तत्काल समाउन नसकिएको होला हराएका होलान्। त्यो भनेको काम हुन्छ,' लामिछानेले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell