PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

निष्पक्षताको साथ प्रतिनिधिसभा बैठक संचालन गर्छु : नवनिर्वाचित सभामुख घिमिरे



पहिलोपोस्ट

निष्पक्षताको साथ प्रतिनिधिसभा बैठक संचालन गर्छु : नवनिर्वाचित सभामुख घिमिरे

काठमाडौं : नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो कार्यकालमा निष्पक्ष ढंगले अगाडी बढ्ने बताएका छन्। निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उनले निष्पक्ष र तटस्थ भएर अगाडि बढ्ने बताएका हुन्।  

नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे सभामुखमा निर्वाचित भएका हुन्। निर्वाचनबाट आफु छानिएपछि उनले प्रजातान्त्रिक पद्धती सुन्दर अभ्यास भएको बताए। र, दलिय छायाँबाट आफू मुक्त भएर दलहरुबिच छलफलबाट निष्कर्ष निकाल्ने दाबी गरे।

आज प्रतिनिधिसभा बैठकमा २६८ जना सांसद उपस्थित थिए। घिमिरे १६७ मत ल्याएर विजयी हुँदा न्यौपानेले १०० मत पाइन्। प्रस्तावमा मत दिन्न भन्नेमा एक मत पर्‍यो।

घिमिरे संघीय संसद्का ९औं सभामुख हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell