PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

जब देवराज घिमिरे सभामुख निर्वाचित भएको घोषणा भयो…

जब देवराज घिमिरे सभामुख निर्वाचित भएको घोषणा भयो…

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभाले आज नयाँ सभामुख पाएको छ। नेकपा एमालेका देवराज घिमिरे बहुमत पाएर सभामुखमा निर्वाचित भए।

आज प्रतिनिधिसभा बैठकको संचालन गरेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले घिमिरे निर्वाचित भएको घोषणा गरेका हुन्।

उनको घोषणा सँगै बैठकमा उपस्थित सांसदहरुले घिमिरेलाई शुभकामना दिए। खादा लगाएर सांसदहरुले उनलाई सफल कार्यकालको शुभकामना दिएका थिए।  

आजको बैठकमा २६८ जना सांसद उपस्थित थिए। घिमिरे १६७ मत ल्याएर विजयी हुँदा न्यौपानेले १०० मत पाइन्। प्रस्तावमा मत दिन्न भन्नेमा एक मत पर्‍यो।



ट्रेन्डिङ पोस्ट

Ncell