PahiloPost

May 14, 2025 | १ जेठ २०८२

श्रम मन्त्रीबारे रविले भने : मेनपावरमा भए दर्ता होला, देखाउनुस कारवाही गर्छु



पहिलोपोस्ट

श्रम मन्त्रीबारे रविले भने : मेनपावरमा भए दर्ता होला, देखाउनुस कारवाही गर्छु

काठमाडौं : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबनेका डोलप्रसाद अर्याल मेनपावर व्यवसायी भएको प्रमाणित गर्न चुनौती दिएका छन्।

मंगलवार भएको मन्त्रिपरिषद् विस्तारमा रेमिट्यान्स व्यापारी अर्याल मन्त्री नियुक्त भएका थिए। अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद हुन्।

आफ्नै पार्टीबाट मन्त्री बनेका व्यक्तिमाथि प्रश्न उठेपछि पार्टी सभापति समेत लामिछानेले भने, 'मेनपावरमा भए कहिँ न कहिँ रिजस्टर हुन्छ होला। देखाउनुस म कारवाही गर्छु।'

मंगलवार शपथग्रहण भएको बेलासम्म अर्यालको नाम इजिलिंक रेमिट्यान्सको सिइओ भनेर वेबसाइटमा उल्लेख थियो। हाल भने उनको नाम वेबसाइटबाट हटाइएको छ। यस्तै, सृष्टि ओभरसिज इम्पलोइमेन्ट सर्भिसेस प्रा लिको वेबसाइटमा उनी इन्टरनेश्नल मार्केटिङ डायरेक्टरका रुपमा उल्लेख थिए। अहिले भने सो वेबसाइटबाट पनि रहेको उनको नाम हटाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell