PahiloPost

May 14, 2025 | १ जेठ २०८२

चोभारबाट बेपत्ता पुरुषको शव घटनास्थल भन्दा करिब सय मिटर पर सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पार्‍यो



पहिलोपोस्ट

चोभारबाट बेपत्ता पुरुषको शव घटनास्थल भन्दा करिब सय मिटर पर सशस्त्र प्रहरीको गोताखोर टोलीले फेला पार्‍यो

काठमाडौः काठमाडौंको चोभारमा कार दुर्घटनापछि नदीमा बेपत्ता भएका पुरुषको शव तीन दिनपछि फेला परेको छ। सशस्त्र प्रहरीको गोताखोर टोलीले आज शव फेला पारेको हो।

काठमाण्डौंको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जल विनायक पुलबाट बागमती नदीमा कार खसेर राजकुमार खत्री बेपत्ता भएका थिए। आज  सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गणं, नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले शव दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो।

माघ २ गते सो ठाउँमा बा ५ च ५६५४ को सिलभर रङको कार नदिमा खसेको थियो। दुर्घटनामा कारमा सवार काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका १ खहरे वस्ने अन्दाजी ४० बर्षिय राजकुमार खत्री वेपता भएका थिए भने अन्दाजी ४० बर्षिया अम्बिका लामिछाने घाइते भएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell