PahiloPost

May 14, 2025 | १ जेठ २०८२

उपसभामुखको निर्वाचन माघ ७ गते तय



पहिलोपोस्ट

उपसभामुखको निर्वाचन माघ ७ गते तय

काठमाडौं :  प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन माघ ७ गते हुने भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराएका हुन्।

आजको बैठकबाट सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्। सत्ता गठबन्धनमा उपसभामुख पद राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको छ।

उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ। सचिवालयलाई उक्त निर्वाचनसम्बन्धी सूचना आजै जारी गर्न बैठकले निर्देशन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell