PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

राष्ट्रपति को हुन्छ भन्ने प्रश्नमा सुवास नेम्वाङको उत्तर : जनताका छोराछोरी



पहिलोपोस्ट

राष्ट्रपति को हुन्छ भन्ने प्रश्नमा सुवास नेम्वाङको उत्तर : जनताका छोराछोरी

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिको उम्मेदवारबारे पार्टीले निर्णय गर्ने बताएका छन्। आज सभामुख निर्वाचन पश्चात संघीय संसद भवनमा संचारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

सत्तारुढ गठबन्धनमा राष्ट्रपति पद नेकपा एमालेले पाउने सहमति भएको छ। एमालेभित्र नेम्वाङसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको नाम राष्ट्रपतिका लागि चर्चामा छन्।

आज यसैबारेमा सोधिएको प्रश्नमा नेम्वाङले व्यक्तिगत इच्छाले राष्ट्रपति नहुने बताएका हुन्।

'पार्टीले जसको नामबारे निर्णय गर्छ उनी नै राष्ट्रपति हुन्छ, मैले व्यक्तिगत कुरा गरेर हुन्न। जनताका छोरा छोरी राष्ट्रपति हुन्छन्,' नेम्वाङले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell