PahiloPost

May 2, 2025 | १९ बैशाख २०८२

ल्होछारमा मंगोलियन हार्ट र डिजे तेन्जिङले टुँडिखेल तताउने



पहिलोपोस्ट

ल्होछारमा मंगोलियन हार्ट र डिजे तेन्जिङले टुँडिखेल तताउने

काठमाडौं : तामाङहरुको नयाँ वर्ष ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा तीन दिने कार्यक्रम हुने भएको छ। शुक्रवारबाट ल्होछारको कार्यक्रम शुरु हुने आयोजक संस्था नेपाल तामाङ घेदुङले आज पत्रकार सम्मेलन गरी जनाएको हो।

तामाङहरुले सोनाम ल्होछारलाई आफ्नो महान पर्वको रुपमा मनाउँदै आएको छ। यसपटक माघ ८ गते आइतवार सोनाम ल्होछार परेको छ। बाघ वर्गको बिदा र बिरालो वर्गको स्वागतमा तामाङहरुले विभिन्न कार्यक्रम आयोजना गर्न लागेको हो। शुक्रवार हास्यकलाकारको प्रस्तुतिसहित शुरु हुन लागेको ल्होछारको मुख्य दिन आइतवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुभकामना दिन टुँडिखेल पुग्नेछन्।

मंगोलियन हार्ट र डिजे तेन्जिङको प्रस्तुति

तीन दिने कार्यक्रमको दोस्रो दिन टुँडिखेलमा मांगोलियन हार्टको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। दिउँसो ४ बजेबाट गायक राजु लामाले प्रस्तुति दिने कार्यालिका रहेको छ। कन्सर्टका लागि कुनै टिकट शुल्क नलाग्ने घेदुङले जनायो। साँझ ८ बजेपछि भने डिजे तेन्जिङको विशेष प्रस्तुति रहने घेदुङले जनाएको छ। कोभिड – १९ का कारण २०७६ यता ल्होछार पर्वलाई भव्यताका साथ नमनाइएकोले यसपटक विशेष प्रस्तुतिहरु रहेको घेदुङका सहअध्यक्ष कुमारसिंह घिसिङले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell