PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

हुम्लामा सुरु भयो हिमपात, जनजीवन कष्टकर बन्दै



रासस

हुम्लामा सुरु भयो हिमपात, जनजीवन कष्टकर बन्दै
फोटो : रासस।

सिमकोट : हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ। विगत वर्षमा मङ्सिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो।

हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ। यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो। सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ। लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन्।

गए रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नम्बर ६ लिमीको जनजीवन कष्टकर बनेको छ। लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ।

बाक्लो हिउँका कारण आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन्। हिमपात हुँदा कोदो, चिनु, फापरलगायत कात्तिके बाली सप्रिने आशामा हुम्लाका किसान छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell