PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

उपसभामुखमा मेरो दाबी छैन : रास्वपा सांसद सुमना श्रेष्ठ



पहिलोपोस्ट

उपसभामुखमा मेरो दाबी छैन : रास्वपा सांसद सुमना श्रेष्ठ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफू उपसभामुख पदको दाबेदार नरहेको बताएकी छिन्।

प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन भोलिका लागि तय भएको छ। निर्वाचनका लागि आज मनोनयनको कार्यतालिका रहेको छ। सत्ता गठबन्धनमा उपसभामुख पद राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको छ।

रास्वपाबाट सोबिता गौतम, सुमना श्रेष्ठ, इन्दिरा रानामगर लगायतको नाम उपसभामुखको लागि चर्चामा छ। रास्वपाले आज बस्ने संसदीय दलको बैठकबाट नाम तय गर्नेछ। रास्वपाबाट विभिन्न व्यक्तिहरुको नाम चर्चामा रहँदा सुमनाले भने सो पदमा आफ्नो दाबेदारी नरहने बताएकी हुन्।

हाल सरकारमा रास्वपाबाट सबै खसआर्य समुदायका व्यक्ति छन्। त्यसैले रास्वपा समावेशी नभएको भन्दै आलोचना भइरहेको छ। सुमनाले आफू पनि जनजाति महिला नै उम्मेदवार हुनुपर्ने पक्षमा रहेको तर त्यसमा आफ्नो दाबी नरहेको बताइन्। सुमनाले पछिल्लो समय संसदीय क्यालेन्डरको पालनामा जोड दिँदै आएकी छिन्।

आज दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि उपसभामुखका लागि मनोनयन समय तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell